काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

घनश्याम भुसालको अभियानमा मिसिँदै नेकपा संयुक्त

2.29K
shares

घनश्याम भुसालले नेतृत्व गरेको एकीकृत समाजवादी पुनर्गठन अभियानमा पुरानो वाम घटक नेकपा संयुक्त पनि समावेश हुने भएको छ । उक्त पार्टीको नेतृत्व वयोवृद्ध नेता चन्द्रदेव जोशीले गर्दै आएका छन् ।

माओवादी केन्द्रसहितका घटकसँग एकता गर्ने माधवकुमार नेपालको समूहबाट अलग भएको तत्कालीन नेकपा एकीकृत समाजवादीका महासचिव भुसालले पुनर्गठन अभियानमा संयोजकको जिम्मेवारी पाएका छन् ।

एकताको औपचारिक घोषणा बिहीबार दिउँसो १२ बजे एक पत्रकार सम्मेलनबाट गरिने भएको छ ।