global ime bank Long Banner Ad

गृहपृष्ठ ‘ग्रामीण स्वास्थ्य र शिक्षाका संरचना सुदृढमा केन्द्रित छौँ’

‘ग्रामीण स्वास्थ्य र शिक्षाका संरचना सुदृढमा केन्द्रित छौँ’

‘ग्रामीण स्वास्थ्य र शिक्षाका संरचना सुदृढमा केन्द्रित छौँ’

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले ग्रामीण स्वास्थ्य र शिक्षाको संरचना सुदृढ गर्नेतर्फ प्रदेश सरकार केन्द्रित रहेको बताएका छन ।

आज सल्यान जिल्लाको बनगाड कुपिण्डे नगरपालिका– १ देवस्थलस्थित १५ शय्या क्षमताको नवनिर्मित नगर अस्पतालको उद्घाटन कार्यक्रममा मन्त्री भण्डारीले स्वास्थ्य र शिक्षाका कारण बसाइसराइको दर बढिरहेको हुँदा ग्रामीण क्षेत्रका स्वास्थ्य र शिक्षाका संरचना सुदृढ गर्न आवश्यक रहेको बताए । सोही अनुरूप स्थानीय तहमा मेडिकल अधिकृत खटाइएको उनले जनाए ।

मन्त्री भण्डारीका अनुसार दार्मा गाउँपालिका बाहेक सल्यान र रुकुमपश्चिमका सबै स्थानीय तहमा मेडिकल अधिकृत खटाइएको छ ।

आवधिक निर्वाचनका माध्यमबाट जनताले जनप्रतिनिधिको परीक्षा लिने गरेको उल्लेख गर्दै उनले जनताप्रति उत्तरदायी हुन र सोही अनुरूप सार्वजनिक सेवा प्रवाह गर्दा गुणस्तरीय एवं पहुँचयोग्य बनाउँदै सुदृढीकरण तर्फ ध्यान दिन अपिल गरे ।

कर्णाली प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री भीमप्रकाश शर्माले प्रदेश सरकारको सहयोग प्राप्तिसँगै मन्त्रालयले अस्पतालका लागि मेडिकल अधिकृतसहितको जनशक्ति व्यवस्थापन गरेकोप्रति कृतज्ञता प्रकट गरे। सामान्य उपचार नपाइरहेको यो भूमिमा नागरिकहरूले आधारभूत स्वास्थ्य सेवा पाउन राम्रो कुरा भएको जनाउँदै उनले अस्पतालको स्तरोन्नतिका लागि आफ्नो तहबाट पहल गर्ने बताए ।

नगरप्रमुख कर्णबहादुर बुढाथोकीले अस्पताल सञ्चालन गर्ने नगरवासीको सपना पूरा भएको बताउँदै स्वास्थ्य उपचारका लागि वर्षौँदेखि सास्ती खेपिरहेका नागरिकले राहत प्राप्त गर्ने जनाए । अस्पतालको विकासका लागि नगरपालिका निरन्तर लागिपरेको उनको भनाइ थियो ।

प्रकाशित समय : १९:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु