global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ रानी अस्पतालमा निःशुल्क प्रसूति सेवा सुरु

रानी अस्पतालमा निःशुल्क प्रसूति सेवा सुरु

रानी अस्पतालमा निःशुल्क प्रसूति सेवा सुरु

विराटनगर महानगरपालिकाले विराटनगर–१५ स्थित रानी अस्पतालबाट आजदेखि चौबीसैँ घण्टा निःशुल्क बर्थिङ सेन्टर (प्रसूति सेवा) सञ्चालन गरेको छ ।

मातृ तथा शिशुको मृत्युदर घटाउने उद्देश्यले विराटनगर दक्षिणी क्षेत्रमा निःशुल्क प्रसूति सेवा सुरु गरिएको महानगरले जनाएको छ । आज यहाँ सेवा शुभारम्भ कार्यक्रममा विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले प्रसूति सेवा सञ्चालनमा आएसँगै दक्षिणी क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवा लिन सहज भएको बताए ।

विराटनगर महानगरपालिका–१५ का अध्यक्ष प्रकाश साहले महानगर नेतृत्वले दक्षिणी क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर सेवा सुरु गरेकामा धन्यवाद दिए ।

प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका निर्देशक डा सुरेश मेहताले आगामी दिनमा अन्य निकायसँग समेत समन्वय गरेर अस्पतालको सेवालाई थप विश्वसनीय र प्रभावकारी बनाउन सुझाव दिए ।

महानगरका स्वास्थ्य महाशाखा प्रमुख डा दिलीपकुमार यादवले अस्पतालमा तालिमप्राप्त जनशक्तिको व्यवस्था मिलाई सेवा प्रभावकारी बनाइएको बताए ।

कार्यक्रममा जनस्वास्थ्य अधिकृत रमेश कार्की, रानी अस्पतालका प्रमुख मानिकचन भगत, समाजसेवी दीनानाथ आचार्यलगायतले आफ्नो धारणा राखेका थिए ।

रानी अस्पतालमा हाल फिजियो थेरापी, ओपिडी, स्वास्थ्य बिमा, परिवार नियोजन, खोप, मातृ शिशु, मनोपरामर्शलगायत सेवाहरू उपलब्ध भइरहेका छन् ।

प्रकाशित समय : १९:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु