global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ रसुवाको चिलिमे तातोपानीमा स्नान गर्नेको घुइँचो

रसुवाको चिलिमे तातोपानीमा स्नान गर्नेको घुइँचो

रसुवाको चिलिमे तातोपानीमा स्नान गर्नेको घुइँचो

रसुवास्थित चिलिमे तातोपानीमा स्नान गर्ने भक्तजनको सङ्ख्या पछिल्लो समयमा पुनः वृद्धि हुन थालेको छ । तातोपानीमा स्नान गरेमा विभिन्न रोगको निदान हुने विश्वास गरिन्छ ।

२०७२ साल वैशाख १२ को विनासकारी भूकम्पले आमाछोदिङ्मो गाउँपालिका– ५ स्थित तातोपानी कुण्डलाई असर पारेको थियो ।

कुण्डमा पुनः तातोपानी निस्केपछि स्नान गर्ने भक्तजनको सङ्ख्या वृद्धि हुनथालेको हो । तातोपानी नुहाउनका लागि दैनिक रूपमा सरदर १०–१५ जना आउने स्थानीयवासी सिङ्गी तामाङले जानकारी दिए । उनका अनुसार तातोपानी धारामा स्नान गरेपछि शरीरको रोग निको हुन्छ ।

करिब दुई दशक अगाडि ग्रामीण गरिबी निवारणका लागि पर्यटन कार्यक्रमले सो स्थानमा ढुङ्गेधारा तथा पोखरी निर्माणमा सहयोग गरेको थियो ।

नुवाकोट मेघाङ गाउँपालिका–२ बुङ्ताङ निवासी ६४ वर्षीया लालीमाया तामाङका अनुसार तातोपानी नुहाउँदा आफ्नो शरीरका विविध रोग निको भएको दाबीसमेत गरे ।

विदुर नगरपालिका बट्टार निवासी रामप्रसाद पौडेल र देवकी पौडेलसमेतले शारीरिक रोग निधानका लागि तातोपानी अत्यन्तै उपयोगी भएको बताए । अन्यत्र जिल्लाबाट समेत सो स्थानमा स्नान गर्न भक्तजन आकर्षित भइराखेका छन् । रासस

प्रकाशित समय : १०:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु