गृहपृष्ठ बम्जनको मनी लन्डरिङ मुद्दा सर्वोच्चमा सुनुवाइमा
बम्जनको मनी लन्डरिङ मुद्दा सर्वोच्चमा सुनुवाइमा
सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) मुद्दामा सर्लाही जिल्ला अदालतको आदेशअनुसार पुर्पक्षका लागि थुनामा रहेका रामबहादुर बम्जनको मुद्दा सर्वोच्च अदालतमा आज पेसीमा चढेको छ। न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा सुनुवाइ तोकिएको हो।
बम्जनविरुद्ध ८ करोड २७ लाख ५९ हजार ४८१ रुपैयाँ बिगोसहित मुद्दा दर्ता गरिएको थियो। जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश जारी गरेपछि बम्जनले जनकपुर उच्च अदालतमा पुनरावेदन गरे पनि उच्च अदालतले जिल्ला अदालतको निर्णय सदर गरेको थियो। त्यसपछि थुनामुक्त गर्न माग गर्दै उनी सर्वोच्चमा दफा ७३ अन्तर्गत पुगेका हुन्।
प्रकाशित समय : ११:५९ बजे


















