काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

४३९ मेगावाटको बेतन कर्णालीको लगानी स्वीकृत गर्ने लगानी बोर्डको निर्णय

1.55K
shares

काठमाडौँ । लगानी बोर्डले ४३९ मेगावाटको बेतन कर्णालीको लगानी स्वीकृत गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको बैठकले लगानी स्वीकृत गरी परियोजना विकास सम्झौताको लागि वार्ता समितिगठन गर्ने निर्णय गरको हो ।

बैठकले गतआर्थिक वर्ष २०८१/०८२ को लगानी बोर्डको कार्यालयको प्रगति समीक्षागर्दै चालु आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्ययोजना स्वीकृत गर्यो। साथै, तल्लो अरुण जलविद्युत परियोजना (६६९ मेगावाट) को उत्पादन अनुमति पत्रको मस्यौदा स्वीकृत गरी अनुमतिपत्र जारी गर्न लगानी बोर्डको कार्यालयका प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी प्रदान गर्ने निर्णय पनि गरेको छ ।

यसैगरी, बैठकले अरुण –३ जलविद्युत परियोजना (९०० मेगावाट) को Direct Agreement को मस्यौदा स्वीकृतिका लागि नेपाल सरकार, मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्ने तथा पश्चिम सेतीजलाशय युक्त जलविद्युत परियोजना (८०० मेगावाट) को सर्वेक्षण अनुमतिपत्रको म्यादथप गर्ने ,परियोजना विकास कर्ता कम्पनी ब्लेजपिक ग्लोबल ग्रुपलिमिटेड, हङकङद्वारा आव्हान नगरिएको (Unsolicited) प्रस्तावको रुपमा पेश भएको अटो सर्भिस इको–इन्डस्ट्रियल पार्क परियोजना (अनुमानित लागत १६ अर्ब) को विकास तथा सञ्चालनका लागि विस्तृत परियोजना प्रतिवेदन तयारी प्रयोजनार्थ समझदारी गरी सर्वेक्षण अनुमतिपत्र प्रदान गर्न लगानी बोर्डको कार्यालयका प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी प्रदान गर्ने निर्णय पनि गरेको छ ।

लगानी बोर्डको कार्यालयको लागिचालु आर्थिक वर्ष २०८२/८३ का लागि आवश्यक विभिन्न सेवा, समूह र श्रेणीका पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्न तथा सार्वजनिक–निजी साझेदारी तथा लगानी नियमावली, २०७७ को संशोधनको मस्यौदा स्वीकृतिकालागि नेपाल सरकार, मन्त्रिपरिषद् समक्ष पेश गर्नेअर्को निर्णय भएको छ ।