global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ हिमालयन इनर्जीले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

हिमालयन इनर्जीले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

हिमालयन इनर्जीले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेड र हिमालयन इनर्जी लिमिटेडबीच साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा हिमालयन इनर्जी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मी भट्टराई तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे ।

सम्झौताअनुसार अब सिटिजन्स क्यापिटल लिमिटेडले हिमालयन इनर्जी लिमिटेडको सार्वजनिक निष्काशन(आईपीओ) को लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।

हिमालयन इनर्जी लिमिटेडले निमार्ण गरिरहेको आयोजना “कालिन्चोक जलविद्युत आयोजना” दोलखा जिल्ला कालिन्चोक वाडा नं.१ थामी गाँउ अवस्थित रहेको छ र सो आयोजना ३ मेगावाट बिजुली उत्पादन क्षमताको रहेको छ ।

२०८१ असोज ११ गते सम्पन्न साधारण सभाले कम्पनीको चुक्ता पूँजी ५० करोड (५,००,००० कित्ता शेयर) पारित गर्दै, त्यसको २० प्रतिशत (१० लाख कित्ता) साधारण शेयर सर्वसाधारणलाई जारी गर्ने निर्णय गरेको छ । उक्त निष्काशन प्रक्रियालाई व्यवस्थापन तथा अघि बढाउने जिम्मेवारी सिटिजन्स क्यापिटल लिमिटेडलाई प्रदान गरिएको छ।

हिमालयन इनर्जी लिमिटेडले कालिन्चोक आयोजना बाहेकका सम्भावित ऊर्जा आयोजना तथा पूर्वाधार क्षेत्रमा लगानी प्रवर्द्धन गर्न दीर्घकालीन रणनीति लिएको छ । कम्पनीले ऊर्जा उत्पादन र लगानी क्षेत्रको दिगो विस्तारमा सक्रिय र रणनीतिक भूमिका खेल्दै राष्ट्रिय ऊर्जा विकासमा योगदान पु-याउने लक्ष्य राखेको छ । यस कम्पनीले परियोजनालाई समयमै सम्पन्न गरी राष्ट्रिय विद्युत प्रणालीमा योगदान पु-याउने लक्ष्य राखेको छ ।

प्रकाशित समय : १६:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु