काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

श्री एयरलाइन्स सुदूरपश्चिम रोयल्सको ‘डोमेस्टिक एयरलाइन्स’ पार्टनर

3.21K
shares

काठमाडौँ । श्री एयरलाइन्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सको ‘डोमेस्टिक एयरलाइन्स’ पार्टनर बनेको छ ।

सुदूरपश्चिम रोयल्स र श्री एयरलाइन्सबीच शुक्रबार काठमाडौँमा एक सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्का र श्री एयरलाइन्सका कर्पोरेट निर्देशक अनिल मानन्धरले हस्ताक्षर गरे ।

सम्झौतापछि बोल्दै सुदूरपश्चिम रोयल्सका सीईओ प्रकाश खड्काले नेपालकै प्रतिष्ठित एयरलाइन्ससँग साझेदारी गर्न पाउँदा खुसी व्यक्त गरे । उनले भने, ‘श्री एयरलाइन्ससँग सम्झौता गर्न पाउँदा धेरै खुसी छौँ । यो सम्झौताले नेपालको खेल क्षेत्र र एयरलाइन्स क्षेत्र दुवैलाई एकताबद्ध बनाएको छ ।’

यसैगरी, श्री एयरलाइन्सका कर्पोरेट निर्देशक अनिल मानन्धरले यो साझेदारीलाई एयरलाइन्स क्षेत्रका लागि सुखद पक्ष भएको बताए । मानन्धरले भने, ‘श्री एयरलाइन्स सुदूरपश्चिम रोयल्ससँग जोडिन पाउँदा हामीलाई खुसी लागेको छ । यसलाई एक ऐतिहासिक साझेदारीका रूपमा लिएका छौँ ।’

श्री एयरलाइन्सको बारे
श्री एयरलाइन्सले नेपालका यात्रुहरूलाई टर्बोजेट, (म्याच८) अनुभव प्रदान गर्ने एक अग्रणी एयरलाइन्स हो । श्री एयरलाइन्सले देशको राजधानीबाट भद्रपुर, भैरहवा, धनगढी, विराटनगर र नेपालगन्ज गरी पाँच प्रमुख गन्तव्यमा उडान गर्दै आन्तरिक यात्रालाई सहज बनाएको छ । यो विमान अन्य सामान्य विमानको तुलनामा छिटो यात्रा गर्छ । विमानमा रहेको ट्वीन टर्बोफ्यान जेट इन्जिनले यसलाई ७९० किमीरघण्टा र ८६० किमीरघण्टाको बीचमा तीव्र क्रुज स्पीडमा उड्न मद्दत गर्छ ।

सुदूरपश्चिम रोयल्सको टोलीस्
दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, अविनाश बोहरा, दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन, हर्मीत सिंह र जोस ब्राउन।

मुख्य प्रशिक्षकः जगत टमटा