वेस्ट ब्याङ्कमा जारी इजरायली हिंसाको युरोपियन युनियनद्वारा निन्दा
वि.सं.२०८२ मंसिर २ मंगलवार १५:०९
shares

युरोपेली युनियनका विदेश मामिला तथा सुरक्षा नीतिका लागि उच्च प्रतिनिधि, काजा कल्लासले वेस्ट ब्याङ्कमा निरन्तर जारी हिंसाको कडा निन्दा गर्दै उक्त घटनाक्रमलाई नजिकबाट निगरानी गरिरहेको बताएको छ ।
ब्रसेल्स स्थित युरोपेली आयोगको मुख्यालयमा प्यालेस्टिनी प्रतिनिधिमण्डलबीच प्रस्तुत टिप्पणीमा, कल्लासले धम्की अभियान, शारीरिक तथा मौखिक आक्रमण, सम्पत्ति र घरहरू नष्ट भएको विषयमा छलफल भइरहेको तथा यस्ता अभ्यासहरू ईयूलाई अस्वीकार्य भएको बताएको हो ।
युरोपियन युनियनले सहायता कार्यक्रम, विकास परियोजनाहरू र दुई–राज्यबीचको युद्ध समाधानको लागि प्यालेस्टिनी प्राधिकरणको भूमिकालाई सुदृढ पार्न प्यालेस्टिनी जनताको बलियो समर्थक रहेको कुरामा कलासले जोड दिएको छ । यसको लागि युरोपेली संघ र प्यालेस्टिनी प्राधिकरण बिचको साझेदारीलाई अझै सुदृढ पार्नेु पर्ने बताएको छ ।
उनले ईयूले इजरायललाई कब्जा गर्ने शक्तिको रूपमा तत्काल, निर्णायक कदम चाल्न तथा निरन्तरको निर्दोस नागरिक माथिको हिंसात्मक अपराध प्रति जवाफदेही बनाउन अघि बड्नेसमेत उल्लेख गरेको छ ।

























