गृहपृष्ठ जर्मनीद्वारा युक्रेनलाई थप सहयोग प्रदान गर्ने घोषणा
जर्मनीद्वारा युक्रेनलाई थप सहयोग प्रदान गर्ने घोषणा
Smoke rises in the city of Severodonetsk during heavy fightings between Ukrainian and Russian troops at eastern Ukrainian region of Donbas on May 30, 2022, on the 96th day of the Russian invasion of Ukraine. - EU leaders will try to overcome Hungary's rejection of a Russian oil embargo on May 30, 2022 as part of a further tightening of sanctions against Moscow, whose forces are advancing in eastern Ukraine, with fighting in the heart of the key city of Severodonetsk. (Photo by ARIS MESSINIS / AFP)
जर्मनीले युक्रेनलाई आवश्यक सामग्री र हतियारका लागि १५० करोड युरो थप सहयोग गर्ने योजना बनाएको रक्षामन्त्री बोरिस पिस्टोरियसले बताएका छन् ।
मन्त्री पिस्टोरियसले यो घोषणा अन्य यूरोपेली रक्षा मन्त्रीहरूसँग संयुक्त पत्रकार सम्मेलनमा गरेका थिए । यसअघि जर्मनीले युक्रेनलाई पाँच सय मिलियन अमेरिकी डलर बराबरको सहयोग गरिसकेको छ ।
बर्लिनले यूक्रेनको दीर्घकालीन समर्थनमा प्रतिबद्धता व्यक्त गर्दै, सन् २०२६ मा ११ अर्ब ५० करोड युरोभन्दा बढी सहयोग प्रदान गर्ने योजना रहेको जनाएको छ । जर्मनीको सङ्घीय विदेश कार्यालयका अनुसार, यसअघि करिब ४० अर्ब युरो सैन्य सहायता उपलब्ध गराइसकेको छ ।
गुरुवार जर्मनीका प्रधानमन्त्री फ्रिडरिक मर्जले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग फोनमार्फत संवेदनशील विषयमा विचारविमर्श गरेका थिए । वार्तामा, युक्रेनलाई निरन्तर सहयोग सुनिश्चित गर्नुका साथै भ्रष्टाचार र कानूनी सुधारमा प्रगति गर्नुपर्ने आवश्यकता औँल्याइएको छ
प्रकाशित समय : १३:५५ बजे




















