गृहपृष्ठ धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
धनुषामा एक वडाध्यक्षको गोली प्रहार गरी हत्या भएको छ। । मिथिला बिहारी नगरपालिका-९ का वडाध्यक्ष बिन्देश्वर यादवको हत्या गरिएको हो । उनलाई धनुषा प्रहरीमा कार्यरत गाउँकै शम्भु यादवले गोली हानी हत्या गरेका हुन् । अभियुक्त यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
गाउँमा श्राद्धको भोजमा दुई पक्षबीच भएको विवाद मिलाउन गएका वडाध्यक्षको हत्या गरिएको स्थानीयले बताएका छन् । उनको शव अहिले प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।
प्रकाशित समय : २०:३९ बजे


















