global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ ओपो ए६ प्रो प्रि-बुकिङ शुरु, इन्को बड्स३प्रो जित्ने मौका

ओपो ए६ प्रो प्रि-बुकिङ शुरु, इन्को बड्स३प्रो जित्ने मौका

ओपो ए६ प्रो प्रि-बुकिङ शुरु, इन्को बड्स३प्रो जित्ने मौका

काठमाडौं : ओपोले आफ्नो नयाँ स्मार्टफोन ओपो ए६ प्रो को प्रि–बुकिङ औपचारिक रूपमा खुला गरेको छ। अब ग्राहकहरूले आधिकारिक रूपमा सार्वजनिक हुनुअघि नै आफ्नो डिभाइस सुरक्षित गर्न सक्नेछन्। प्रि–बुकिङ अवधि कार्तिक २८ देखि मङ्सिर १ गतेसम्म सबै ओपो अधिकृत खुद्रा पसलहरूमा सञ्चालन हुनेछ।

अफर अवधिभर, ओपो ए६ प्रो प्रि–बुक गर्ने ३,४९९ मूल्यका ओपो इन्को बड्स ३ प्रो जित्ने मौका पाउनेछन्। यो सिमित समयको अफर पहिला ४०० जना भाग्यशाली ग्राहकहरुका लागि मात्र उपलब्ध हुनेछ।

यसमा सहभागी हुन ग्राहकहरूले नजिकको ओपो अधिकारीक बिक्रेतामा गएर प्रि–बुकिङ फारम भर्नुपर्छ। प्रि–बुकिङ पूरा गर्ने पहिलो ४०० ग्राहकहरू स्वतः यो विशेष उपहार अफरका लागि योग्य हुनेछन्।

ओपो ए६ प्रोले स्टाइलिस डिजाइन र शक्तिशाली प्रदर्शनलाई संयोजन गर्दै आजका युवा र गतिशील प्रयोगकर्ताहरूको आवश्यकता पूरा गर्ने उद्देश्य राखेको छ। यो स्मार्टफोन मंसिर २ मा औपचारिक रूपमा सार्वजनिक हुँदैछ, जसले ओपोको लोकप्रिय ए सिरिजलाई थप मजबुत बनाउनेछ।

प्रकाशित समय : २०:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु