global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ फोनपे पेमेण्ट सर्भिस लिमिटेडको छैटौं वार्षिक साधारण सभा सम्पन्न

फोनपे पेमेण्ट सर्भिस लिमिटेडको छैटौं वार्षिक साधारण सभा सम्पन्न

फोनपे पेमेण्ट सर्भिस लिमिटेडको छैटौं वार्षिक साधारण सभा सम्पन्न

सोमबार फोनपे पेमेण्ट सर्भिस लिमिटेडको छैटौं वार्षिक साधारणसभा म्यारियट होटल, नक्साल, काठमाडौंमा सम्पन्न भएको छ । उक्त साधारणसभाले आ।व। २०८१/८२ को वार्षिक वित्तिय विवरण, लेखापरिक्षक प्रतिवेदन तथा विभिन्न प्रस्तावहरु पारित गर्ने निर्णय गरेको छ ।

फोनपेको सञ्चालक समितिका अध्यक्ष सशीन जोशीको अध्यक्षतामा बसेको सो वार्षिक साधारण सभामा फोनपेका शेयरधनिहरुलाई चुक्ता पुँजीको १९ प्रतिशत नगद लाभांस वितरण गर्ने, स्वतन्त्र सञ्चालकमा पुनः सशीन जोशीलाई नियुक्त गर्ने तथा आ.व. २०८२/८३ का लागि N. B. S. M. & Associates, Chartered Accountants लाई पुनः लेखापरिक्षकमा नियुक्त गर्ने निर्णय भएको थियो । साथै, विशेष प्रस्ताव अनुरुप फोनपेको प्रबन्धपत्र तथा नियमावलीलाई संशोधन गर्ने तथा सर्वसाधारणहरुलाई शेयर निष्कासन गर्ने समेत निर्णय भएको थियो ।

प्रकाशित समय : १६:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु