काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मेलम्चीको पानी राजधानीमा पथान्तरण सुरु

3.32K
shares

मेलम्ची खानेपानी आयोजनाको पानी आजदेखि काठमाडौंमा पथान्तरण सुरु भएको छ ।

एकसातादेखि अवरुद्ध मेलम्चीको पानी आजदेखि काठमाडौँमा पथान्तरण सुरु भएको हो । गएराति आन्दोलनरत पीडित र सरकारबीच भएको वार्ता सफल भएपछि अवरोध हटाएर पानी पठाउन थालिएको मेलम्ची बाढी पीडित संघर्ष समितिले जनाएको छ ।

वार्ता सफल भएपछि आन्दोलनरत पीडितहरूले मुहान क्षेत्र खुला गर्ने सहमति जनाएका थिए । हिजो सहमति भएसँगै आज मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र (हेडवक्र्स) जाने सडक स्तरोन्नति गर्न टेण्डर आह्वान गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङको उपस्थितिमा मंगलबार खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजनाका सरोकार समितिहरुबीच भएको समझदारी कार्यान्वयनका क्रममा सडक डिभिजन कार्यालय, चरिकोटले बुधबार सडक स्तरोन्नति गर्न टेण्डर आह्नाव गरेको छ ।