global ime bank Long Banner Ad

गृहपृष्ठ नाइजेरियामा आक्रमण गर्ने ट्रम्पको चेतावनी

नाइजेरियामा आक्रमण गर्ने ट्रम्पको चेतावनी

नाइजेरियामा आक्रमण गर्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले नाइजेरियामा सम्भावित सैन्य कारबाहीको लागि तयारी गर्न रक्षा मन्त्रालयलाई आदेश दिएको बताएका छन् । नाइजेरियाले क्रिश्चियनहरू विरुद्धको हिंसा रोक्न पर्याप्त काम नगरेको आरोप लागिरहेकै समयमा उनको यो अभिव्यक्ति आएको हो । तर नाइजेरियाले भने यस्तो आरोप बारम्बार अस्वीकार गर्दै आएको छ ।

सामाजिक सञ्जाल गरिएको एउटा लामो पोस्टमा ट्रम्पले नाइजेरियामा अमेरिकाले दिँदै आएको सबै सहायता र सहयोग तुरुन्तै बन्द गर्ने लेखेका छन् । पोष्टमा त्यहाँको सरकारलाई छिटो यस मामिलामा कारबाही गर्न चेतावनी दिएका छन् । अमेरिका नाइजेरियामा आक्रमण गरेर त्यहाँ भयानक अत्याचार गरिरहेका इस्लामिक आतंककारीहरूलाई पूर्ण रूपमा मेटाउन सक्ने पनि उनले पोष्टमा लेखेका छन् ।

२३ करोड भन्दा बढी जनसंख्या भएको नाइजेरियामा क्रिश्चियन र मुस्लिम दुवै कट्टरपन्थी इस्लामवादीहरूको आक्रमणको सिकार भइरहेका छन् । केही हिंसाका घटना धार्मिक रूपमा प्रेरित छन् र दुवै समूहहरू मारमा परेका छन् । अरू केही हिंसा चाहिँ सीमित स्रोतहरूमा किसान र गोठालाहरू बिचको विवाद, साथै साम्प्रदायिक र जातीय तनावबाट उत्पन्न भएका छन् ।

प्रकाशित समय : १५:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु