गृहपृष्ठ कात्तिक २१ गतेदेखि नास आईटी एक्सपो २०२५ हुँदै, स्थानीय प्रविधि प्रवद्र्धनमा केन्द्रित
कात्तिक २१ गतेदेखि नास आईटी एक्सपो २०२५ हुँदै, स्थानीय प्रविधि प्रवद्र्धनमा केन्द्रित
काठमाडौं । नेपाल एशोशिएसन फर सफ्टवेयर एण्डआईटी सर्भिसेस कम्पनिज (नास आईटी) ले आउँदो कात्तिक २१ र २२ गते ’नास आईटी एक्स पो २०२५’ आयोजना गर्ने भएको छ ।
आइतबार पत्रकार सम्मेलनको आयोजना गरी उद्यमशीतालाई प्रवर्धन गर्नका लागि पहिलो पटक नास आईटी एक्सपो गर्न लागेको नास आईटीका अध्यक्ष गौरव पाण्डेले बताए ।
उनको अनुसार ललितपुरको सानेपा स्थित हेरिटेज गार्डेनमा हुने एक्सपोमा विभिन्न आईटी सफ्टवेयर, प्रडक्टर सेवाहरू प्रदर्शनीमा रहने छन् । स्थानीय प्रविधि र डिजिटल’एक्सपोले नेपालको आईटी कम्पनी, नेतृत्व र लगानी कर्तालाई एउटै प्लेटफर्ममा ल्याएर सहकार्य अवसर र नवीनतम प्रविधिका सम्भावनाहरूमा केन्द्रित हुन सहयोग गर्नेछ,’पाण्डेले भने ।
यस्तै नास आईटीका उपाध्यक्ष दिपेन चापागाईंले एस्पोका लागिआईटी र व्यवसायिक समुदायबाट आएको प्रतिक्रियाबाट निकै उत्साहित भएको बताए ।
सहकार्य, नवप्रवर्तन र विश्वासको बलमा नेपालको डिजिटल भविष्य निर्माण गर्ने एक्सपो एक ऐतिहासिक माइलस्टोन हुने उनको भनाइछ ।
नास आईटी एक्सपोको शीर्ष प्रायोजकमा अकाउन्टिङ सफ्टवेयर टिग रहेको छ, जस अनुसार टिगद्वारा प्रस्तुत नास आईटीएक्सपो २०२५(टिगप्रिजेन्ट्स नास एक्सपो२०२५) को नामबाट एक्सपो सञ्चालन हुनेछ । परम्परागत प्रदर्शनी भन्दा फरक हने गरी यस कार्यक्रमलाई व्यवसायिक अवसर, सहकार्य रब्रान्ड निर्माणको गतिशील मञ्चका रूपमा तयार गरिएको छ । एक्सपोमा विशेष गरी कृत्रिम बुद्धिमत्ता (एआई) र डिजिटल रूपान्तरणमा जोड दिइएको छ ।
नास–आईटी एक्स्पो ५ केवल एक प्रदर्शनी नभएर नेपालका आईटीप्रतिभा र व्यवसायिक अवसरबीचको सेतु भएको नास आईटीकी महासचिव एलिसा श्रेष्ठले बताइन् ।
एक्सपोमा ३० बढीआईटी सेवा र प्रडक्टहरूको प्रदर्शनी रहने छ ।एक्सपो अवलोकनकर्तालाई विशेष अफरको व्यवस्था समेत गरिएको नास आईटीले जनाएको छ ।साथै कम्पनीहरूले आफ्ना नवीनतम डिजिटल समाधानहरू सार्वजनिक गर्न रलाइभपिच सेसन मार्फत आफ्नो सोच देखाउने सक्ने छन् ।
एक्सपोमा उद्यमी, निजीतथा सरकारी क्षेत्रका उच्च अधिकारी, नीतिनिर्माता, लगानीकर्ता लगायत सूचना प्रविधिमा इच्छुकहरू आउने छन् । एक्सपो अवलोकन निःशुल्कगर्न सकिने छ ।
दुई दिन सम्म चल्ने कार्यक्रममा शीर्ष प्रायोजकमाटिग, सिल्भर प्रायोजकमा इसेवाका साथै र्यापिड, रिडक्ट, एनसेल बिजनेस,भायानेट कम्युनिकेसन र डेटावल्र्ड लगायतको सहकार्य रहेको छ । कार्यक्रममा दिगो विकास साझेदारमा ग्लोबल आईएमई बैंक र अर्किङ कलेज रहेकाछन् ।
प्रकाशित समय : १५:४१ बजे



















