गृहपृष्ठ शिवालयमा दर्शनार्थीको घुइँचो
शिवालयमा दर्शनार्थीको घुइँचो
पशुपतिनाथमा भक्तजन
काठमाडौँ, १८ साउनः
साउनको तेस्रो सोमबार आज पशुपतिनाथ मन्दिरमा भगवान शिवको पूजा आराधना तथा दर्शन गर्न आएका भक्तजन । साउन महिना भगवान शिवको महिना मानिन्छ । यो महिनामा पर्ने हरेक सोमबार पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ । तस्बिरः शशीधर अधिकारी/रासस
काठमाडौँ ।चान्द्रमासअनुसार आज श्रावणको तेस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ । दर्शनार्थीको सहजताका लागि पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । साथै बोल बम यात्रीका लागि विशेष व्यवस्था गरिएको छ । मन्दिर छिर्न चार वटा लामको व्यवस्था गरिएको छ ।
पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुर दरबार क्षेत्रको सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत राजधानीका ठूलासाना सबै शिव मन्दिरमा पनि भक्तजनको लाम लागेको जनाइएको छ ।
प्रकाशित समय : ०७:४१ बजे


















