global ime bank Long Banner Ad

गृहपृष्ठ आजको राशिफल : कुन राशिलाई लाभ, कसलाई सतर्कता ?

आजको राशिफल : कुन राशिलाई लाभ, कसलाई सतर्कता ?

आजको राशिफल : कुन राशिलाई लाभ, कसलाई सतर्कता ?

काठमाडौं । आज साउन कृष्ण पक्षको पञ्चमी तिथि परेको छ। चन्द्र राशिका आधारमा तयार पारिएको आजको राशिफलअनुसार केही राशिका लागि प्रगति र उपलब्धिको संकेत देखिएको छ भने केही राशिका व्यक्तिले खर्च, स्वास्थ्य र पारिवारिक सम्बन्धमा विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ।

मेष : दिन सामान्य रहनेछ। सञ्चित धन खर्च हुने सम्भावना छ। शिक्षामा गरेको मेहनतले प्रतिफल दिनेछ। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ। राजनीतिक क्षेत्रमा चुनौती आउन सक्छ भने पारिवारिक विवादबाट जोगिन संयमित व्यवहार गर्नु उचित हुनेछ।

वृष : दिन अनुकूल रहनेछ। राजनीतिक क्षेत्रमा अवसर मिल्नेछ। शिक्षामा प्रगति हुनेछ। परिवारसँग खुसीका क्षण बित्नेछन्। जग्गा कारोबारबाट लाभ मिल्ने सम्भावना छ। प्रेम सम्बन्ध पनि सुमधुर रहनेछ।

मिथुन : बोली र व्यवहारकै कारण काम सफल बन्नेछ। सम्पत्ति जोड्ने अवसर मिल्न सक्छ। शिक्षामा थप मेहनत आवश्यक देखिन्छ। परिवारमा मेलमिलाप कायम रहनेछ।

कर्कट : दिन सकारात्मक रहनेछ। साथीभाइ र दाजुभाइको साथ मिल्नेछ। सामाजिक सम्मान बढ्नेछ। शिक्षामा गरेको लगानी फलदायी बन्नेछ। निजी शिक्षामा लगानीका लागि पनि समय अनुकूल देखिन्छ।

सिंह : अग्रजको सुझाव लिएर अघि बढ्दा सफलता मिल्नेछ। शिक्षामा प्रगति हुनेछ। स्वास्थ्यमा सुधार आउने संकेत छ। प्रेम सम्बन्ध थप सुदृढ बन्नेछ।

कन्या : दिन लाभदायी रहनेछ। अरूको विवादबाट समेत फाइदा मिल्न सक्छ। जग्गा कारोबारमा लाभ हुनेछ। राजनीतिक क्षेत्रमा सहयोग प्राप्त हुनेछ। परिवारको साथले आत्मविश्वास बढ्नेछ।

तुला : दिन सामान्य रहनेछ। दैनिक काममा केही अवरोध आउन सक्छ। साथीभाइसँग मतभेद हुन सक्ने भए पनि परिवारको साथ रहनेछ। स्वास्थ्य र शिक्षामा थप ध्यान दिनुपर्ने देखिन्छ।

वृश्चिक : मन प्रसन्न रहनेछ। व्यापारमा लाभ हुनेछ। बौद्धिक व्यक्तिसँग व्यवहार गर्दा सतर्क रहनु उचित हुनेछ। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ।

धनु : सञ्चित धन खर्च हुन सक्छ। अनावश्यक यात्रा नगर्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर रहनेछ। धार्मिक कार्यबाट दिनको सुरुआत गर्दा सकारात्मक परिणाम मिल्ने सम्भावना छ।

मकर : सावधानी अपनाउनुपर्ने दिन छ। नगरेको कामको आरोप लाग्न सक्ने भएकाले सचेत रहनुहोस्। शिक्षा र स्वास्थ्यमा सुधार हुनेछ। साथीभाइको साथ मिल्नेछ। सेवा र अवसरको उचित सदुपयोग गर्न सके लाभ हुनेछ।

कुम्भ : शिक्षामा गरेको मेहनतको प्रतिफल प्राप्त हुनेछ। विपक्षी बलिया भएकाले निर्णय गर्दा विवेक अपनाउनु उचित हुनेछ। व्यापारमा लाभ मिल्नेछ। धार्मिक कार्यमा सहभागी हुँदा आत्मबल बढ्नेछ।

मीन : दिन सामान्य रहनेछ। साना विषयले पनि चिन्ता बढ्न सक्छ। सम्पत्तिसम्बन्धी काममा व्यस्त हुँदा स्वास्थ्यमा असर पर्न सक्छ। अग्रजको सम्मान गर्नु लाभदायी हुनेछ। राजनीतिक क्षेत्रमा सोचेअनुसार काम अघि बढ्ने सम्भावना छ।

प्रकाशित समय : ०६:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु