गृहपृष्ठ सुर्खेतको जन मावि विद्यालयद्वारा प्रधानमन्त्री कोषमा एक लाख जम्मा

सुर्खेतको जन मावि विद्यालयद्वारा प्रधानमन्त्री कोषमा एक लाख जम्मा

सुर्खेतको जन मावि विद्यालयद्वारा प्रधानमन्त्री कोषमा एक लाख जम्मा

सुर्खेत । कर्णाली प्रदेशकै चर्चित सामुदायिक विद्यालय जन माध्यमिक विद्यालयले भोटेकोशी बाढीपीडितको राहत तथा उद्वारका लागि आज एक लाख पाँच हजार पाँच सय पाँच रुपैँया प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गरेको छ ।

वीरेन्द्रनगरको मुटु भनिने वडा नं. ६ मा रहेको पिपलचौतारामा अवस्थित विद्यालयका शिक्षक तथा कर्मचारीहरुबाट संकलन गरिएको रकम आज प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा जम्मा गरिएको हो ।

‘यस विद्यालयमा कार्यरत सबै शिक्षक र कर्मचारीहरुको स्वेच्छाले संकलित रकम आज हामीले उक्त कोषमा जम्मा गरेका हौंँ,’ विद्यालयका प्रधानाध्यापक याम बहादुर श्रेष्ठले भने, ‘यो रकमबाट थोरै भएपनि राहत र उद्धारमा टेवा पुग्ने विश्वास हामीले गरेका छौँ ।’

प्रकाशित समय : २०:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु