गृहपृष्ठ डोटीको गोल्डेन सडकखण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, २१ घाइते
डोटीको गोल्डेन सडकखण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, २१ घाइते
धनगढी–डडेलधुरा (भीमदत्त राजमार्ग) अन्तर्गत डोटीको गोल्डेन सडकखण्डमा आज बिहान सु प प्र०१–००१ख३९५६ नम्बरको हायस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
अछामबाट धनगढीतर्फ आउँदै गरेको उक्त गाडी दुर्घटना हुँदा अछाम जिल्लाकी २२ वर्षीय हरिया परियारको घटनास्थलमै मृत्यु भएको अत्तरीया ट्राफिक कार्यालयका प्रहरी नायव उपरीक्षक टेकबहादुर जोराले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा परी अन्य २१ जना घाइते भएका छन् । तीन जनाको अवस्था गम्भीर रहेको छ । घाइतेलाई उपचारका लागि धनगढीतर्फ ल्याउँदै गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
प्रकाशित समय : १०:२६ बजे


















