गृहपृष्ठ प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई दर्ज्यानी चिह्न प्रदान
प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई दर्ज्यानी चिह्न प्रदान
नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका जना अधिकृत प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ्गले आज दर्ज्यानी चिह्न प्रदान गरेको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित समारोहबीच उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो । दर्ज्यानी चिह्न प्राप्त गर्नेमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू सुशीलसिंह राठौर, उमाप्रसाद चर्तुवेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक रहेको छ । नेपाल मन्त्रिपरिषद्को बिहीबारको बैठकबाट उनस्हरूलाई बढुवा र पदस्थापनको निर्णय भएको थियो ।
प्रहरी महानिरीक्षक खापुङ्गले विगतमा भएका कमी कमजोरीको विश्लेषण गरी अझ परिष्कृत र नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्न उच्च मनोबलका साथ कार्य सम्पादन गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए ।
प्रकाशित समय : १९:५४ बजे


















