काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

लगातार वर्षाले हेटौँडा अस्तव्यस्त, मुख्य बजार क्षेत्रमा पानी जम्यो

3.57K
shares

हेटौँडा । निरन्तर परेको अविरल वर्षाले हेटौँडासहित आसपासका क्षेत्रमा जनजीवन प्रभावित बनेको छ । गत केही दिनयता परेको पानीका कारण सडक चिप्लिने, खोला–नाला बढ्ने र विभिन्न स्थानमा आवतजावत अवरुद्ध हुने अवस्था सिर्जना भएको छ ।
हेटौँडाको मुख्य बजार क्षेत्रमा पानी जम्दा व्यापारी र स्थानीय बासिन्दा दुबैलाई समस्या भएको छ भने ग्रामीण भेगका धेरै ठाउँमा सडक आवागमन कठिन बनेको छ । खेतबारीमा पानी जम्दा धान लगायतका बालीहरूमा समेत असर पुगेको किसानहरूले बताएका छन् ।

यातायात क्षेत्र पनि प्रभावित भएको छ । हेटौँडा–काठमाडौं, हेटौँडा–ललितपुर र हेटौँडा–चितवनतर्फका सडक खण्डहरूमा पहिरो र चिप्लोपनका कारण यात्रा जोखिमपूर्ण बनेको छ । स्थानीय प्रशासनले अत्यावश्यक बाहेक यात्रामा नजान आग्रह गरेको छ ।

वर्षासँगै खोला–नालामा पानीको बहाव बढेकाले बस्ती नजिकका परिवारलाई सतर्क रहन सुरक्षा निकायले सूचना जारी गरेको छ । जनजीवन अस्तव्यस्त बने पनि सम्बन्धित निकायले उद्धार र व्यवस्थापनमा तयारी अवस्थामा रहेको जनाएको छ ।