काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

तेह्र सय वर्ष पुरानो महाङ्काल मन्दिरको पुनःनिर्माण सुरु

3.97K
shares

सांस्कृतिक, धार्मिक र ऐतिहासिक महत्त्व बोकेको महाङ्काल मन्दिरको पुनःनिर्माण सुरु भएको छ । काठमाडौँ महानगरपालिकाले १० करोड पाँच लाख लागतमा टुँडिखेलको छेउमा अवस्थित उक्त मन्दिरको पुनःनिर्माण सुरु गरेको हो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत इतिहास, विश्वास र सांस्कृतिक धरोहरको रूपमा रहेको उक्त मन्दिर पुनःनिर्माण सुरु गरिएको जानकारी दिए । उक्त मन्दिर, हिन्दू(बौद्ध आस्था, तान्त्रिक यात्रा र राजकुमारी भृकुटीको कथासँग जोडिएको उनले बताए ।

विसं २०७२ को भूकम्पमा पुनःनिर्माण गर्नुपर्ने उक्त मन्दिर विभिन्न कारणबस १० वर्ष लागेको थियो । आव २०८०र८१ को बजेटमा विनियोजन भएपछि विसं २०८१ असार १९ गतेदेखि उक्त मन्दिर पुनःनिर्माण सुरु गरिएको हो । १० करोड पाँच लाख लागतमा पुनःनिर्माण हुन लागेको मन्दिर विसं २०८४ असार १९ गते सम्पन्न हुनेछ ।

मन्दिर ५८३ दशमलव ८१ वर्गमिटरमा फैलिएको छ । मन्दिर पुनःनिर्माणपछि भूइँतलामा नौ कोठा, पहिलो तलामा सभाकक्ष र भण्डारण, छानामा परम्परागत बुइँगल र झिँगटी टायल, परम्परागत ढोका–झ्याल, काठको कलात्मकता, हरियाली र पदयात्रा मार्गसहितको वातावरण रहने छ । महानगरप्रमुख शाहले उक्त मन्दिर पुनःनिर्माण मात्र नभएर संस्कृतिको पुनःजागरणसमेत भएको बताए ।