global ime bank Long Banner Ad

गृहपृष्ठ एनआरएनए अध्यक्ष केसी र विश्व बैंकका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

एनआरएनए अध्यक्ष केसी र विश्व बैंकका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

एनआरएनए अध्यक्ष केसी र विश्व बैंकका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष बद्री केसीले विश्व बैंकका क्षेत्रीय निर्देशक (नेपाल, माल्दिभ्स र श्रीलंका) डेभिड एन सिस्लेनसँग शिष्टाचार भेट गरेका छन्।

भेटमा नेपालमा आर्थिक विकास, लगानी प्रवर्द्धन तथा आपसी सहकार्यका सम्भावनाबारे विस्तृत छलफल भएको थियो।

संघका तर्फबाट अध्यक्ष केसीले विश्व बैंकले नेपालको पूर्वाधार, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको उच्च प्रशंसा गरे।

साथै, गैरआवासीय नेपाली समुदायबाट हुने ज्ञान, सीप र लगानी प्रवाहलाई विश्व बैंकका कार्यक्रमहरूसँग जोड्ने सम्भावनाबारे समेत चर्चा भएको थियो।

 

प्रकाशित समय : १०:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु