global ime bank Long Banner Ad

गृहपृष्ठ वीरगञ्ज नाकाबाट २ महिनामा १७ अर्बको सामान निर्यात

वीरगञ्ज नाकाबाट २ महिनामा १७ अर्बको सामान निर्यात

वीरगञ्ज नाकाबाट २ महिनामा १७ अर्बको सामान निर्यात

चालू आर्थिक वर्षको दुई महिनामा वीरगञ्ज नाकाबाट १७ अर्ब तीन करोड रुपैयाँ बराबरका वस्तु तथा सामान देशबाहिर निर्यात भएको छ । गएको आर्थिक वर्षको त्यही अवधिको तुलनामा चालू आर्थिक वर्षको दुई महिनामा १० अर्ब ९८ करोड रुपैयाँभन्दा बढीको वस्तु तथा सामान निर्यात भएको हो ।

गएको आर्थिक वर्षको पहिलो दुई महिनामा नाकाबाट ६ अर्ब पाँच करोड रुपैयाँ बराबरको वस्तु तथा सामान निर्यात भएको थियो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले वीरगञ्ज नाका हुँदै चालू आर्थिक दुई महिनामा निर्यात उत्साहजनक भएको बताए । गएको आर्थिक वर्षको दुई महिनाको तुलनामा चालू आर्थिक वर्षको त्यही अवधिमा त्यहाँबाट निर्यात १८१ प्रतिशतले वृद्धि भएको उनको भनाई छ ।

वीरगञ्ज नाका हुँदै चालू आर्थिक वर्षको दुई महिनामा आठ अर्ब ८४ करोड रुपैयाँ पर्ने चार करोड २८ लाख २४ हजार आठ सय ७१ लिटर भटमासको तेल प्रशोधित निर्यात भएको छ । गएको वर्ष तीन लाख मूल्य पर्ने चार सय ८० लिटर भटमासको तेल प्रशोधित निर्यात भएको थियो । त्यस्तै चालू आर्थिक वर्षको दुई महिनामा एक अर्ब २४ करोड रुपैयााँ पर्ने एक करोड २६ लाख ९५ हजार सात सय ३२ लिटर फलफूलको जुस देशबाहिर निर्यात भएको छ ।

गएको वर्ष एक अर्ब २९ करोड रुपैयाँ पर्ने एक करोड ३६ लाख ४८ हजार एक सय ५५ लिटर जुस निर्यात भएको थियो । चालू आर्थिक वर्षको दुई महिनामा एक अर्ब १७ करोड रुपैयाँ बराबरको तीन करोड ४१ लाख १३ हजार दुई सय ३० लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ ।

प्रकाशित समय : १०:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु