गृहपृष्ठ नेपाल प्रहरीमा करिब १६ सय पदका लागि भर्ना खुल्यो
नेपाल प्रहरीमा करिब १६ सय पदका लागि भर्ना खुल्यो
नेपाल प्रहरीले विभिन्न पदमा गरी झन्डै १६ सय जना नयाँ भर्नाका लागि शुक्रबार सूचना जारी गर्दै दरखास्त आह्वान गरेको छ। प्रहरी प्रधान कार्यालयले कुल १५ सय ९४ जना को लागि भर्ना खुला गरेको हो।
यो भर्नामा १५ सय ५३ जना प्रहरी जवान रहेका छन्। बाँकी पदहरूमा प्रहरी कार्यालय सहयोगी (हजाम ११ जना, कुचीकार १५ जना) र खेलाडी १५ जना का लागि दरखास्त आह्वान गरिएको छ।
प्रहरी जवानका लागि न्यूनतम शैक्षिक योग्यता मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा कक्षा ८ उत्तीर्ण गरेको हुनुपर्नेछ। प्रहरी कार्यालय सहयोगी (हजाम र कुचीकार) का लागि भने साधारण लेखपढ गर्न जानेको हुनुपर्ने योग्यता तोकिएको छ।
इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले असोज १९ गतेदेखि कात्तिक २८ गतेसम्म तोकिएका केन्द्रहरूमा स्वयम् उपस्थित भई दरखास्त फाराम बुझाउन सक्नेछन्।
प्रकाशित समय : १०:१५ बजे



















