global ime bank Long Banner Ad

गृहपृष्ठ तोकिएकै मितिमा निर्वाचन गराउन सरकारसँग माओवादीको माग (भिडियो सहित)

तोकिएकै मितिमा निर्वाचन गराउन सरकारसँग माओवादीको माग (भिडियो सहित)

तोकिएकै मितिमा निर्वाचन गराउन सरकारसँग माओवादीको माग (भिडियो सहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रले घोषित मितिमै निर्वाचन गराउन सरकारसँग माग गरेको छ ।

आज बसेको स्थायी कमिटीको बैठकले फागुन २१ मै निर्वाचन गर्न सरकारसँग माग गर्ने निर्णय भएको प्रवक्ता अग्नि सापकोटाले बताए ।

बैठकले जेनजीसहित परिवर्तनकारी शक्तिहरूसँग संवाद गर्ने र समाजवादी मोर्चा र विचार मिल्ने शक्तिहरूसँग एकताको लागि प्रभावकारी पहल गर्ने समेत निर्णय गरेको सापकोटाले बताए ।

उनले भने, ‘बैठकले घोषित मितिमै निर्वाचन गराउन सरकारको पूर्ण ध्यानाकर्षण गर्ने र पार्टीको तर्फबाट यथासम्भव भूमिका खेल्ने छ । जेनजी लगायत लोकतन्त्र, अग्रगमन र परिवर्तनका पक्षधरसँग वार्ता सम्वाद गरेर समझदारी कायम गर्ने समेत निर्णय गरको छ । समाजवादी मोर्चाका साथै अन्य विचार र राजनीतिक विचार मिल्नेसँग एकताका लागि प्रभावकारी पहल गर्ने समेत निर्णय गरेको छ ।’

यसैगरी नेकपा माओवादी केन्द्रले भोलि बस्ने केन्द्रीय कमिटी बैठकको लागि एजेन्डा तय गरेको । विशेषगरि महाधिवेशनमा जाने निर्णय गर्दै एजेन्डा तय गरेको सापकोटाले बताए । केन्द्रीय समिति भंग गरेर संयोजक समितिको संयोजक अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) हुने बताए ।

प्रकाशित समय : १६:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु