अध्यक्ष थापाले परिवारलाई बुझाए अलपत्र परेका अमृतलाई
वि.सं.२०८२ भदौ ३१ मंगलवार २०:५८
shares

पाँच महिनादेखी युनाईटेड अरब इमिरेट्स (यूएई) माअलपत्र परेका पोखरा महानगरपालिकावडा नंं २६ का अमृत रानाभाटलाई उद्धार गरेर परिवारलाई बुझाईएको छ ।
वडा नंं २६ का अध्यक्ष नरेन्द्र थापाले युएई देखी रानाभाटलाई उद्धार गरेर ल्याई मंगलबार परिवारलाई बुझाएका हुन ।
रानाभाटसन् २०२३ मा रोजगारीको शिलशिलामा जिप्सनवोर्ड हेल्परको कामका लागि युएई पुगेका थिए ।
शुरुमा एघार सय डिराम तलब तोकिएर युएई पुगेका रानाभाटल कम्पनीले तोेके अनुसारको तलवन पाए पछि छाडेर अर्को झुमर टेक्निकल सर्भिसमा सरेका थिए । त्यहाँ पनि भनेजतितल वनपाउने र कहिले पैसा पाउने कहिले नपाउने समस्याबाट गुज्रिएका थिए । कामको व्यवस्थापन नभए पछि विगत पाँच महिना देखीउनी सडकमै अलपत्र पर्दै आएका थिए । कैयनपटक घर आउन खोजे रानाभाटले भनेर्— तर कसैले साथ दिएनन्, घरमा फोन गर्ने पैसा र मोवाईल समेत थिएन ।”अलपत्र परेको अवस्थामा आफ्नै वडाको अध्यक्ष फेला पार्दा अविभावकनै भेट्टाएको अनुभव भएको थियो, रानाभाटले भने ।
कहिले सडकमा, कहिले नेपालीले काम गर्ने स्थान वरीपरि बेवारिसे अवस्थामा दिनकाट्ने गरेको उनले बताए । कैयन रात भोकभोकै बिताए उनले भने—गर्मिबाटबच्न दिनभरी सार्वजनिक यातायात माहिड्थे ।
खाने बस्ने ठेगाना समेत नभएका रानाभाटको अवस्थाकाबारेमा सामाजिक संजाल मार्फत जानकारी पाए पछि युएईको एक कार्यक्रममा पुगेका वडा नं. २६ का अध्यक्ष थापाले उनलाई उद्धार गरेका हुन ।
छोरालाई उद्धार गरेर ल्याईदिए पछि रानाभाटकी आमा शान्ती रानाभाटले भगवानको रुपमा वडाध्यक्ष पाएको उल्लेख गरे । उनले आफुहरुलाई टिकटकमा छोरा अलपत्रपरेको भिडियो गाउँले देखाईदिएको बताईन । छोरा फर्कियो, अवयही सहारा हो, शान्तिले भनिन् ।
घर फर्किएका अमृतले पनि अवगाउँघरमै कृषि पेशा गरेर आमा र दाजुभाईसँग समय बिताउने उल्लेख गरे । अध्यक्ष थापाले विदेशमा अलपत्र परेको वडाको नागरिकलाई उद्धार गर्दा जनप्रतिनिधिको कर्तव्य पुरा गरेको बताए । उनले अमृतलाई रोजगारीको वातावरण सिर्जना गर्न आफुले सहयोग गर्ने समेत प्रतिवद्धता व्यक्त गरे । रानाभाट दुई बर्ष अगाडी एक लाख खर्च गरेर प्याराडाइ जनामको म्यान पावरबाट युएई पुगेका थिए ।

























