काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सनातन हिन्दू राष्ट्र कायम गर्न सनातन हिन्दू समाज नेपालको माग

5.08K
shares

जनकपुर । सनातन हिन्दू समाज नेपालले राष्ट्रमा लोकतान्त्रिक व्यवस्था पद्धती भित्र सनातन हिन्दू राष्ट्र कायम गरिनु पर्ने माग गरेका छन् ।

मंगलबार सनातन हिन्दू समाजले जनकपुरधाममा पत्रकारसम्मेलनमार्फत राष्ट्रमा सधैभरिका लागि अमन चैन हुन युवा पुस्ता र अन्तरिम सरकारले देशलाई सनातन हिन्दू राष्ट्र कायम गर्नेतर्फमा जोड दिन आग्रह गरे ।

हिन्दू समाज नेपालका अगुवा एवम जानकी मन्दिरका छोटे महन्थ राम रोशन दासले नेपालको इतिहासमै सनातन हिन्दू राष्ट्र रहेको बताए । उनले नेपाल र नेपालीको आहार र व्यवहार सनातनी रहेकोले हिन्दू संस्कृतिलेनै गर्दा देश चलिरहेको जानकारी दिए ।

महन्थ दासले सनातन र संस्कृतिनै हाम्रो देशको धरोहर रहेको बताए । उनले हरेक घर र हरेक स्थानमा कुनै शुभ कार्य हुँदा हिन्दू संस्कृति अनुसारनै पूजा अर्चना गरेर कार्य सुरु गर्ने चलन अहिले पनि व्यापक्त रहेको उल्लेख गरे ।

महन्थ दासले नयाँ पुस्ताले देखाएको पराक्रमको प्रशंसा गर्दै सहिद भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरे । उनले नयाँ पुस्तालाई धर्म संस्कृति बचाउन भूमिका खेल्नु पर्नेमा जोड दिए ।