काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

वीरगञ्जमा आजदेखि चाडपर्व लक्षित सुपथ पसल सञ्चालनमा

2.69K
shares

वीरगञ्जमा दसैँलगायत पर्वलाई लक्षित गर्दै सुपथ मूल्यका पसल सञ्चालनमा ल्याइएको छ । खाद्य तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्ज र साल्ट टे«डिङ कर्पोरेसन लिमिटेड वीरगञ्ज कार्यालयले भदौ ३० देखि कात्तिक १० गतेसम्म दसैँलगायतका चाडपर्व लक्षित सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको छ ।

साल्ट टे«डिङ कर्पोरेसन लिमिटेड वीरगञ्जका सूचना अधिकारी सञ्जयकुमार गुप्ताले सोमबारदेखि कात्तिक १० गतेसम्म वीरगञ्जमा सहुलियत दरको पसल सञ्चालन गरिने जानकारी दिए। “दसैँदेखि छठपर्वलाई लक्षित गरेर यहाँबाट बिक्री हुने नुनमा प्रतिकिलोग्राम दुई छुट दिने निर्णय गरेका छौँ”, उनले भने, “एक जना सर्वसाधारणले एक पटकमा छ किलोग्राम खरिद गर्न सक्नुहुनेछ ।” ग्राहकले प्रतिकिलोग्राम नुन २४ लाग्नेछ ।

त्यसैगरी सहुलियत छुट मूल्य पसल २०८२ सञ्चालनमा ल्याएको छ । कार्यालयले चाडपर्वको अवसरमा प्रतिकिलोग्राम पाँच छुट दिएको जनाएको छ । कार्यालयले स्टिम जिरा मसिनो चामल, अरुवा सोना मन्सुली चामल, अरुवा मोटा चामल र चिनीमा प्रतिकिलोग्राम पाँच छुट दिएको जनाएको छ । पच्चीस किलोग्राम जिरा मसिनो चामलको बोरालाई २१ सय, अरुवा सोना मन्सुली चामलप्रति २५ किलोग्रामको बोरालाई १४५० मूल्य तोकिएको छ ।