काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आगजनीबाट क्षतिग्रस्त कोशीका सरकारी कार्यालय दशैंअघि नै सुचारु हुने

3.63K
shares

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त बनेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अवलोकन गरेका छन् ।

अनुगमनपछि प्रदेश सरकारका सचिव तथा उच्च पदस्थ कर्मचारीहरूसँगको छलफलमा मुख्यमन्त्री कार्कीले आन्दोलनले प्रदेशलाई ठूलो नोक्सानी पु-याएको उल्लेख गर्दै कर्मचारीलाई त्रासमुक्त भएर कार्यस्थलमा फर्कन निर्देशन दिए । उनले दशैंअघि नै कार्यालय सञ्चालनको सम्पूर्ण व्यवस्थापन मिलाउन आदेश समेत दिएका छन् ।

‘देशमा विषम परिस्थिति आएको छ । तर, हामी सबै मिलेर यो अवस्थाको सामना गर्नुपर्छ,’मुख्यमन्त्री कार्कीले भने, ‘यस घटनाले हामीलाई २० वर्ष पछाडि धकेलेको छ । विभिन्न आन्दोलन भए तर यति ठूलो भौतिक क्षति पहिले कहिल्यै भएको थिएन ।’

सो अवसरमा उनले आजैदेखि प्रदेश सरकार सञ्चालनमा आएको घोषणा गर्दै असोज २ गते मन्त्रिपरिषद्को बैठक बसेर थप निर्णय गर्ने जानकारी दिएका छन् । छलफलमा मन्त्रालयगत क्षतिको विवरण प्रस्तुत गर्दै प्रदेशका सचिवहरूले बाँकी संरचनाबाटै केही दिनभित्र सेवा सुचारु गर्ने आश्वासन दिएका थिए ।

प्रमुख सचिव चन्द्रकला पौडेलले प्रदेशको वस्तुस्थिति बारे मुख्यमन्त्रीलाई जानकारी गराइन् । यसैबीच, प्रदेश सरकारले भदौ २३ र २४ गतेको आन्दोलनमा भएको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ । प्रदेशभरका ४२ वटा सरकारी भवन क्षतिग्रस्त भएकोमा १८ वटा पूर्णरुपमा र २४ वटा आंशिक रूपमा नोक्सान पुगेका छन् ।

त्यसैगरी, आन्दोलनकारीले प्रदेश सरकार मातहतका २३७ वटा सवारी साधनमा क्षति पु-याएको पाइएको छ । तीमध्ये ७५ वटा चारपाङ्ग्रे सवारी साधनमध्ये ६४ वटा पूर्णरुपमा ध्वस्त भएका छन् भने ११ वटामा आंशिक क्षति पुगेको छ ।मोटरसाइकलतर्फ १६१ मध्ये १४४ वटा पूर्णरुपमा र १७ वटा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् ।