गृहपृष्ठ बुल्दी खोलामा एक बेवारिसे महिलाको शव फेला
बुल्दी खोलामा एक बेवारिसे महिलाको शव फेला
तनहुँको व्यास नगरपालिका–१ तालघरेस्थित बुल्दी खोलामा एक बेवारिसे महिलाको शव फेला परेको छ। प्रहरीले करिब ३०–३५ वर्षकी ती महिलाको सनाखतका लागि सहयोग गर्न सर्वसाधारणमा अनुरोध गरेको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार, यही भदौ २३ गते दिउँसो ३ :२५ बजे डिगाउँ जाने पक्की पुलमुनि बुल्दी खोलामा पानीमा डुबेको अवस्थामा महिलाको शव फेला परेको थियो।
तत्काल उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल तनहुँ लगिएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रकाशित समय : १४:१२ बजे



















