global ime bank Long Banner Ad

गृहपृष्ठ संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठक बस्दै

संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठक बस्दै

संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्को संसदीय सुनुवाइ समिति (संयुक्त), २०८० को बैठक आज बस्दैछ ।

कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा दिनको ५ः १५ बजे बस्ने गरी निर्धारण भएको छ ।

समितिको बैठकमा सभापतिको निर्वाचनका सम्बन्धमा प्रक्रिया अगाडि बढाउने कार्यसूची छ ।

सो समितिको सभापति रहेकी ईश्वरीदेवी न्यौपानेले राजीनामा दिई राज्य व्यवस्था तथा सुशासन समितिको सभापति निर्वाचित भएपछि सभापति रिक्त रहँदै आएको थियो । सोही समितिको सभापति चयनका लागि बैठक बोलाइएको सूचनामा उल्लेख छ ।

प्रकाशित समय : ०७:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु