काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

जनताका पक्षमा काम गर्न निर्देशन

3.19K
shares
महिला, बालबालिका तथा ज्येष्ठ नागरिककन्त्री नवलकिशोर शाह सुडीले जनतालाई प्रत्यक्ष लाभ हुने र परिणाम आउनेगरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन ।
मन्त्रालयमा आज भएको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति समीक्षा कार्यक्रममा उनले मन्त्रालयले विगतमा गरेको कमीकमजोरीबाट पाठ सिक्दै आगामी दिनमा परिणाममुखि काम गर्न निर्देशन दिएका हुन ।
उनले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को पहिलो संशोधन विधेयक मन्त्रिपरिषद्मा पेस गर्ने तयारीमा रहेको जानकारी दिए ।
मन्त्रालयले मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति तथा राष्ट्रिय कार्ययोजनाको मस्यौदा निर्माण गरी सङ्घ, प्रदेश र स्थानीय तहमा सरोकारवाला निकाय, नागिरक समाज सङ्घसंस्था तथा पीडित/प्रभावितसँग छलफलका आधारमा परिमार्जन गरी अन्तिम रूप दिने तयारी गरेको छ ।
मन्त्रालयले पछिल्लो एक वर्षमा करिब ६० जना दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरेको जनाएको छ । एक वर्षमा मन्त्रालयले मानव बेचबिखन तथा ओसारपसार पीडित/प्रभावित ७७ महिलाको स्वदेश फिर्ती, पारिवारिक पुनर्मिलन तथा पुनःस्थापना पनि गरेको छ ।