नेपाल कला तथा सांस्कृतिक उत्सव आयोजना गरिने
वि.सं.२०८२ भदौ १८ बुधवार १९:३६
shares
नेपाल आर्ट काउन्सिल बबरमहलमा ‘रुट एण्ड रिफ्लेक्सन’ विषयक नेपाल कला तथा सांस्कृतिक उत्सव आयोजना गरिने भएको छ ।
काठमाडौं र ललितपुर महानगरपालिका, भक्तपुर र कीर्तिपुर नगरपालिका तथा नेपाल पर्यटन बोर्ड, होटल एशोसिएसन अफ नेपालको सहकार्यमा आयोजना हुने उत्सवमा इन्द्रजात्रा केन्द्रित कलाकृति समावेश हुने पूर्वअर्थराज्यमन्त्री एवं सांसद उदयशम्शेर राणाले जानकारी दिए।
आगामी शुक्रबारदेखि सुरु हुने उक्त उत्सव तीन साता चल्नेछ । राष्ट्रपति रामचन्द्र पौडेलले उत्सवको उद्घाटन गर्ने तयारी गरिएको आयोजकको भनाइ छ । उत्सवमा समावेश गरिने कलाकृति उत्कृष्ट र गुणस्तरीय रहनुका साथै सहुलियत मूल्यमा उपलब्ध हुने जानकारी दिइयो ।
नेपाल होटल एसोसिसनका अध्यक्ष विनायक शाहले स्वदेशी नागरिकलाई कला र विदेशीलाई नेपालको कला र संस्कृतिकाबारेमा जानकारी दिने उद्देश्यले उत्सव आयोजना गरिएको बताए । उनले भने, “पर्यटनका माध्यमबाट आर्थिक समृद्धिका लागि उत्सवले योगदान पु-याउँछ भन्ने हाम्रो ठहर हो ।”

























