रास्वपाबाट रुपन्देही-३ को उम्मेदवार लेखजङ्ग थापा
वि.सं.२०८२ भदौ १५ आइतवार २०:४८
shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी कात्तिक १७ गते हुने रुपन्देही क्षेत्र नं ३ को उपनिर्वाचनमा लेखजङ्ग थापालाई उम्मेदवार बनाउने भएको छ ।
रास्वपा केन्द्रीय सचिवालयको आज बसेको बैठकले पार्टीको तर्फबाट थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले उम्मेदवार छनोटका लागि पार्टीमा भएको प्रारम्भिक निर्वाचनअनुसार प्रस्तावित उम्मेदवार थापालाई चयन गरिएको जानकारी दिए।
यसअघि आज नौ जना उम्मेदवारले पार्टी सभापति रवि लामिछानेलाई नख्खु कारागारमा गएर भेट गरेका प्रवक्ता मनिष झाले जानकारी दिए।
























