काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

मुख्यमन्त्री कार्कीलाई सम्मान

1.79K
shares

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई झाँगड उराँव समुदायले आज यहाँ सम्मान गरेको छ । कोशी प्रदेश सरकारले सो समुदायले मनाउँदै आएको करम पूजा पर्वलाई सम्मान गर्दै गत वर्षदेखि झाँगड उराँव समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको भन्दै मुख्यमन्त्री कार्कीलाई सम्मान गरेको हो ।

नेपाल झाँगड उराँव युवा मोर्चाले आज मुख्यमन्त्री कार्यालय विराटनगरमा आएर मुख्यमन्त्री कार्कीलाई सम्मान गरेको हो । सो समुदायका अगुवा छेविलाल उराँव र युवा मोर्चाका अध्यक्ष देवनारायण उराँवसहित अन्य प्रतिनिधिले उहाँलाई सम्मानपत्र हस्तान्तरण गरेका हुन । झाँगड उराँव जाति लोपोन्मुख समुदायमा पर्छ । यो जातिको बसोबास मुख्यतयाः कोशी प्रदेशका मोरङ, सुनसरी, झापालगायत जिल्लामा रहेको छ ।

सम्मानपत्र ग्रहण गर्दै मुख्यमन्त्री कार्कीले उक्त समुदायको भाषा, संस्कृति र परम्परागत पहिचानको संरक्षण तथा संवद्र्धनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । विसं २०७८ को जनगणनाअनुसार नेपालभर करिब ४१ हजार झाँगड उराँव समुदायका मानिस बसोबास गर्दछन् ।