काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

मोटरसाइकल एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

1.5K
shares

बारामा मोटरसाइकल एकापसमा ठोकिएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौटहतको गुजरा नगरपालिका–७ परसवा बस्ने अन्दाजी २५ वर्षीय रोशन चौधरी र सप्तरी बसवलपुर नगरपालिका–७ बस्ने २८ वर्षीय महेश पण्डित रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

आज दिउँसो जितपुरसिमरा उपमहानगरपालिका–२ पानीट्याङ्की नजिकै सिमरादेखि पथलैयातर्फ जाँदै गरेको बा९०प ६७९४ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा प्र०६–००३ प१७५३ नंको मोटरसाइकल एकापसमा ठोकिएका थिए ।

बा९०प ६७९४ नंको मोटरसाइकलमा चालक चौधरी र त्यसको पछाडि रौतहट परासवा निवासी ३४ वर्षीय भूपेन्द्र चौधरी सवार थिए । भूपेन्द्र घाइते भएकामा उनको स्थानीय एक अस्पतालमा उपचार भइरहेको छ । पण्डितको एल एस न्यूरो अस्पताल परवानिपुरमा र चौधरीको प्रादेशिक अस्पताल कलैयामा उपचारका क्रममा मृत्यभएको प्रहरीले जनाएको छ ।