global ime bank Long Banner Ad

गृहपृष्ठ राष्ट्र बैंकले भदौ २९ देखि दशैंका लागि सुकिला नोट सटहि गर्ने

राष्ट्र बैंकले भदौ २९ देखि दशैंका लागि सुकिला नोट सटहि गर्ने

राष्ट्र बैंकले भदौ २९ देखि दशैंका लागि सुकिला नोट सटहि गर्ने

काठमाडौं । यस वर्षको दशैंका लागि नेपाल राष्ट्र बैंकले यही भदौ २९ गतेदेखि असोज ३० गतेसम्म सुकिला नोट वितरण गर्ने जनाएको छ । राष्ट्र बैंकको म्रद्रा व्यवस्थापन विभागले सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।

राष्ट्र बैंकका अनुसार दशैंमा माग हुने साना दरका नोट सटहीका लागि राष्ट्र बैङ्कको मुद्रा व्यवस्थापन विभाग थापाथली, र प्रदेशस्थित कार्यालय विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट सुकिला नोट सटही गर्न सकिने छ ।

त्यसैगरी, इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट समेत सर्वसाधारण तथा संघ-संस्थालाई सुकिला नोट सटही गर्ने व्यवस्था मिलाइएको छ ।

ग्राहकले आफ्नो खाता रहेको बैंक वा पायक पर्ने नजिकको बैंक तथा वित्तीय संस्था वा नेपाल राष्ट्र बैंकमा गई नोट सटही गर्न सक्नेछन् ।

प्रकाशित समय : ०९:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु