काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एनआईसी एशिया क्यापिटलको म्युचुअल फण्ड बिक्री खुल्ला

2.18K
shares

एनआईसी एशिया क्यापिटल लिमिटेडले आज (बिहीबार)बाट म्युचुअल फण्ड बिक्रीमा ल्याएको छ । कम्पनीले ‘एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेण्ट स्किम’ नामक म्युचुअल फण्ड बिक्रीमा ल्याएको हो ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका दरले जम्मा १० करोड इकाई बिक्रीमा ल्याएको हो । कम्पनीले म्युचुअल फण्ड बिक्रीका लागि असार ३ गते नेपाल धितोपत्र बोर्डले अनुमति दिएको थियो ।

क्यापिटलले १ करोड ५० लाख इकाई योजना एनआईसी एशिया क्यापिटलले सुरक्षित गरेको छ । बाँकी ८ करोड ५० लाख इकाईमध्ये प्रथम चरणमा सर्वसाधारणलाई ५ करोड इकाई बिक्रीमा ल्याएको हो ।

सर्वसाधारणले कम्तीमा १०० इकाई र बढीमा १ करोड इकाईसम्म आवेदन दिन सक्ने छन् । फण्डमा भदौ २ गतेसम्म आवेदन दिन सकिने छ । सो समयमा बिक्री नभएमा भदौ १२ गते सम्म बिक्री खुल्ला गरिने कम्पनीले जानाएको छ ।