काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘आदिवासी जनजातिको सहअस्तिव जोगाउन सामूहिक पहल जरुरी’

3.36K
shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आदिवासी जनजातिको सहअस्तिव जोगाउनका लागि सामूहिक पहल गर्नुपर्ने बताएका छन् ।

शुक्रबार कांग्रेसनिकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको कार्यक्रममा बोल्दै उनले शिक्षा स्वास्थ्य, रोजगारी, समावेशीता र सहभागिता जस्ता क्षेत्रमा समान पहुँचको सुनिश्चिताको लागि सामूहिक पहल गर्नुपर्ने बताएका हुन् ।

उनले भने,‘आदिवासी जनजातिको आत्मसम्मान, सहअस्तिव जोगाउनको लागि कांग्रेस क्रियाशील छ । शिक्षा स्वास्थ्य, रोजगारी, समावेशीता, सहभागिता जस्ता क्षेत्रमा समान पहुँचको सुनिश्चिताको लागि सबैले सामुहिक पहल गर्नुपर्छ र प्रयत्न पनि गर्नुपर्छ । आदिवासी सञ्जाल कानुन प्रतिष्ठान बढि स्रोत, साधनले सम्पन्न बनाएर अझै सशक्त बनाएर लानुपर्ने आवश्यकता रहेको छ ।’

सभापति देउवाले आदिवासीका अधिकारका लागि सरकार मात्र नभई स्वयम जनजातिको पनि दृढ इच्छाशक्ति आवश्यक रहेको बताए ।