global ime bank Long Banner Ad

गृहपृष्ठ म्याग्दीका ३३८ घरमा खानेपानी सुविधा विस्तार

म्याग्दीका ३३८ घरमा खानेपानी सुविधा विस्तार

म्याग्दीका ३३८ घरमा खानेपानी सुविधा विस्तार

मालिका गाउँपालिका–२ मा यस वर्ष निर्माण भएका तीन वटा खानेपानी आयोजनाबाट ३३८ परिवार लाभान्वित भएका छन् ।

नेपाल स्वास्थ्यका लागि पानी (नेवा) र मालिका गाउँपालिकाको आर्थिक एवं प्राविधिक सहयोग तथा उपभोक्ताहरुको श्रमदानमा खवाङ्ग शेरेधारा, धुल्वाङ र घाङलेपानी खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना निर्माण भएको हो ।

कूल एक करोड ७१ लाख ७१ हजार ८५१ को लागतमा निर्माण भएका योजनाबाट ३३८ वटा धाराबाट घरघरमा खानेपानी वितरण गरिएको मालिका गाउँपालिका–२ का वडाध्यक्ष उदयकुमार बुढाथोकीले बताए।

खानेपानी योजना निर्माणमा नेवाले ८० लाख ७० हजार २१० र मालिका गाउँपालिकाले ४२ लाख ९१ हजार ९० लगानी गरेका छन्भने उपभोक्ताहरुले ४७ लाख नौ हजार सात सय ५१ बराबरको श्रमदान गरेका थिए ।

मालिका गाउँपालिकाको १, २ र ३ नम्बर वडामा आर्थिक वर्ष २०८१/०८२ मा सात वटा खानेपानी, सरसफाइ तथा स्वच्छता योजना निर्माण भएका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताए्र । वडा नम्बर १ निस्कोटमा एक सय २५ र वडा नं. ३ को डाडागाउँ, किटेनी, औल, सराग्दी, स्यागलुङ दुई सय २५ घरपरिवार, पात्लेका एक सय २२ र लुुम्पीपारका ५३ परिवार लाभान्वित भएका उनले बताए ।

प्रकाशित समय : ०८:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु