global ime bank Long Banner Ad

गृहपृष्ठ पञ्चरुपा बचत सहकारी सञ्चालकविरुद्ध अनुसन्धान अघि बढ्यो

पञ्चरुपा बचत सहकारी सञ्चालकविरुद्ध अनुसन्धान अघि बढ्यो

पञ्चरुपा बचत सहकारी सञ्चालकविरुद्ध अनुसन्धान अघि बढ्यो

काठमाडौंको सिनामंगलस्थित पञ्चरूपा बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरू विरुद्ध प्रहरीले आपराधिक लाभ, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको आरोपमा गरेको अनुसन्धान अन्तिम चरणमा पुगेको छ ।

सहकारीका अध्यक्ष पुष्कल रिसालसहित १० जना सञ्चालकविरुद्ध २०८१ भदौ २ गते बचतकर्ताहरूले जाहेरी दिएका थिए । उनीहरूमा उपाध्यक्ष भुवन सापकोटा, सचिव पुरन रावल, कोषाध्यक्ष राकेश जाख्वा, सञ्चालक पुष्पबाबु पाण्डे, धिरेन्द्र बराल, मंगलबहादुर तामाङ, राजकुमार शाह र लेखा संयोजक पुण्यश्वरी प्रजापति रहेका छन् ।

जाहेरीकर्ताहरूले ८८ करोड रुपैयाँ सहकारीका सञ्चालकहरूले अपचलन गरेको आरोप लगाएका छन् । सो सहकारीको सर्भिस काउन्टर पेप्सीकोला र कालिमाटीमा सञ्चालित थियो ।

प्रकाशित समय : १३:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु