गृहपृष्ठ ट्रेड टावरको सेयर मूल्यमा ९ दिनमा १३५ प्रतिशतको वृद्धि
ट्रेड टावरको सेयर मूल्यमा ९ दिनमा १३५ प्रतिशतको वृद्धि
ट्रेड टावर लिमिटेडको सेयर मूल्यमा ९ कारोबार दिनमा १३५ प्रतिशत भन्दा बढीले बढेको छ । चालु आर्थिक वर्षको पहिलो दिन साउन १ गते देखि कारोबारमा आएको यो कम्पनीको सेयर मूल्य १३५.६४ प्रतिशतले बढेको हो ।
यो अवधिमा यो कम्पनीको सेयर मूल्य ४९६ रुपैयाँ ६ पैसाले बढेको छ । ३६६ रुपैयाँ १० पैसामा दोस्रो बजारका कारोबार खुलेको यो कम्पनीको सेयर मूल्य मंगलबार (आज) ८६२ रुपैयाँ ७० पैसा पुगेको छ । यो कम्पनीको सेयर मूल्य लगातार ९ दिनसम्म सकारात्मक सर्किट लागेर कारोबार भइरहेको छ ।
यो कम्पनीको ४१ लाख ८४ हजार ४०४ कित्ता (५१.३० प्रतिशत) सेयर संस्थापक रहेको छ भने ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर (४८.७० प्रतिशत) पब्लिक सेयर रहेको छ ।
प्रकाशित समय : १८:२५ बजे



















