global ime bank Long Banner Ad

गृहपृष्ठ मधेशमा सिंचाइः आठ रुपैयाँ प्रतियूनिटको विद्युत अब तीन रुपैयाँमा

मधेशमा सिंचाइः आठ रुपैयाँ प्रतियूनिटको विद्युत अब तीन रुपैयाँमा

मधेशमा सिंचाइः आठ रुपैयाँ प्रतियूनिटको विद्युत अब तीन रुपैयाँमा

पानी अभावमा धान रोप्न नपाएका मधेशका किसानलाई राहतको खबर आएको छ । जब प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा मधेसमा तत्काल ५ सय बोरिङ खन्ने घोषणा गरियो तब यस सन्दर्भमा विद्युत् आपूर्तिको अवस्था बुझ्न प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य स्वयं जनकपुरधाम पुगेका थिए ।

नेपाल विद्युत् प्राधिकरणले मधेसका सुख्खाग्रस्त जिल्लाहरूमा सिंचाइका लागि आवश्यक पर्ने विद्युत् सस्तो दरमा उपलब्ध गराउने घोषणा गरेको छ। अब किसानहरूले प्रतियुनिट ८ रुपैयाँ पर्ने विद्युत् केवल ३ रुपैयाँमा पाउने छन् ।

चितवनमा विद्युत् आपूर्तिको अवस्था निरीक्षण गरी फर्किएका शाक्यले मधेस प्रदेश अन्तर्गतका सिराहा, धनुषा, महोत्तरी, सर्लाही, सप्तरी लगायतका जिल्लाका विद्युत् कार्यालय प्रमुखहरूसँग विद्युत् आपूर्ति रणनीति बारे विस्तृत छलफल गरे ।

सिंचाइका लागि आवश्यक पर्ने विद्युत् आपूर्ति गर्न प्राधिकरण पूर्ण रूपमा तयार छ, निर्देशक शाक्यले भने,तर बोरिङ कहाँ खनिन्छ भन्ने जानकारी सम्बन्धित निकायबाट प्राप्त भएको छैन ।

 

प्रकाशित समय : १८:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु