global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ सागर डिस्ट्रिलरीले पायो आइपीओ निष्कासन अनुमति

सागर डिस्ट्रिलरीले पायो आइपीओ निष्कासन अनुमति

सागर डिस्ट्रिलरीले पायो आइपीओ निष्कासन अनुमति

उत्पादन तथा प्रशोधन समूहतर्फ सागर डिस्ट्रिलरी लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले साधारण शेयर बिक्रीका लागि अनुमति दिएको छ । चालु आर्थिक वर्ष लागेसँगै बोर्डले पहिलो पटक सो कम्पनीलाई साधारण शेयर बिक्रीको अनुमति दिएको हो ।

बोर्डले सो कम्पनीलाई कूल १४ करोड ५२ लाख बराबरको १४ लाख ५२ हजार कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति दिएको हो । सो कम्पनीको शेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

बोर्डका अनुसार सो कम्पनीलाई सोमबार साधारण शेयर बिक्रीका लागि अनुमति दिइएको हो ।

प्रकाशित समय : १०:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु