गृहपृष्ठ नागपञ्चमीः संस्कृति, श्रद्धा र प्रकृति संरक्षणको सन्देश
नागपञ्चमीः संस्कृति, श्रद्धा र प्रकृति संरक्षणको सन्देश
काठमाडौं । नेपालजस्तो कृषिप्रधान देशमानागपञ्चमीको महत्व केवलधार्मिक परम्परासँगमात्रसिमित छैन, यस पर्वले प्रकृति, पर्यावरण र जीव–जन्तुहरूप्रतिको सह अस्तित्वको बोध पनि गराउँछ।
प्रत्येकवर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने यो पर्व सर्पहरू, विशेष गरी ‘नाग’हरू प्रतिश्रद्धा प्रकट गर्ने परम्पराको प्रतीक हो। हिन्दू धर्म अनुसार, सर्पलाई देवता सरह मानिन्छ, र नाग पञ्चमीको दिन उनीहरूको पूजा गरी सृष्टिमा व्याप्त अदृश्य सन्तुलन प्रति सम्मान व्यक्त गरिन्छ।
यसै सन्दर्भमा पण्डित÷ भागवत वाचक वरदान थपलियाले हिन्दू धर्मग्रन्थहरूमा सर्पलाई शक्तिशाली, संरक्षणकारी तथा सहकारी जीवका रूपमा चित्रण गरिएको बताए। उनका अनुसार विशेषगरी ‘शेषनाग’लाई भगवान विष्णुको शैयाको रूपमा र ‘वासुकी’नागलाई समुद्रमन्थनका बेलामा वासुको रूपमा चित्रण गरिएको छ।
यस्तै ‘अनन्त’, ‘पद्म’, ‘महापद्म’, ‘तक्षक’, ‘कर्कोटक’, ‘शंख’ र ‘कुलिक’ आठवटा प्रमुखनागहरूको पूजा नागपञ्चमीमा गरिन्छ। यी आठ नागहरूलाई अष्टनाग भनिन्छ।नागहरूलाई वर्षा, उत्पादनशीलता, सहकाल र समृद्धिको प्रतीक मानिन्छ। वर्षा ऋतुको मध्यमा मनाइने नागपञ्चमीले यीनै प्रतीकहरूको संरक्षण र स्मरण गराउँछ।
चट्याङ, सर्पदंश, रोग र दुर्भाग्यबाट बच्नका लागि नागको पूजा गरिन्छ भन्ने जनविश्वास पनि रहेको थपलियाको भनाई छ ।
थपलियाले सर्पहरू, विशेषगरी नागहरू केवलधार्मिक कारणले मात्रहोइन, पारिस्थितिक सन्तुलन कायम राख्न पनि अत्यन्तै महत्वपूर्ण हुने भन्दै कृषि प्रणालीमा बाँदर, मुसा, झिंगा, भ्यागुता जस्ता जीवहरूको नियन्त्रणमा सर्पहरूको भूमिका रहने बताए ।
सर्पहरू मुसा, भ्यागुता, किराफट्याङग्रा खाएर बालीहरूलाई नोक्सान गर्न नदिने महत्त्वपूर्ण जीवपनिहुन् ।यसरी हेर्दा सर्पहरूले पारिस्थितिक प्रणालीमा प्राकृतिक सन्तुलन कायम राख्न योगदान दिन्छन्, जसको प्रत्यक्ष फाइदा किसानलाई र अन्ततः समग्र समाजलाई पुग्छ। यो बुझाइ पनि नागपञ्चमी मनाउनुको एउटा वैज्ञानिक कारण हो।
एनका अनुसार नागपञ्चमीको दिन बिहानै घरको ढोकामा, भित्तामा वा कागजमा नागको चित्र कोर्ने वा टाँस्ने चलन छ,कतिपय स्थानहरूमा माटोले नाग बनाइन्छ, त्यसपछि नागको पूजाका लागि लाजा (धानको फूल), दुबो, अक्षता (चामलमा घिउ र सिंदूर मिलाएर बनाइएको), चन्दन, श्रीखण्ड, दुध, दही र मह अर्पण गरिन्छ।
धेरै ठाँउमा दुधसिधै नागलाई नचढाई चामलपिसेर बनेको पिठो अर्पण गरिन्छ। नागलाई दुध चढाउनु पूजा मात्र नभई, नागको प्रिय वस्तु दिनु पनिहो । त्यसैले पूजा गर्ने बेलामा नागको भाव बुझ्ने प्रयास पनि गरिन्छ । उनले नागपञ्चमीको विशेष पक्षमध्ये एउटा नागको असर हाम्रो जीवनमा कसरी पर्छ भन्ने कुरापनि रहेको पनि उल्लेख गरेका छन् ।
हिन्दू ज्योतिष् शास्त्रमा‘कालसर्प योग’भन्ने एउटा योग वर्णन गरिएको छ, जस अनुसार जन्म कुण्डलीमा सबै ग्रहहरू राहु र केतुको बीचमा पर्दा जीवन मास मस्याहरू आउन सक्ने विश्वास गरिन्छ। यस्तो योग भएका मानिसहरूलाई नाग पञ्चमीको दिन विशेष पूजापाठ गराउँदा शान्ति मिल्ने विश्वास गरिन्छ।
यस सन्दर्भसँगै जोडेर थपलियाले नागपञ्चमीसँग सम्बन्धित अर्को लोकप्रिय र रहस्यमयी विषय भनेको नागमणि भएको बताए । उनका अनुसार यो मणि विशेष प्रकारको रहस्यमयी र दिव्य वस्तु हो भन्ने मान्यता पाइन्छ,जनविश्वास अनुसार यो मणि नागको शिरमा हुन्छ र यसले अन्धकारमा उज्यालो दिन्छ, विष हटाउँछ, धन–सम्पत्ति ल्याउँछ र जीवन अद्भुत परिवर्तन ल्याउँछ तर शास्त्रीय दृष्टिले हेर्दा नागमणि दुर्लभ वस्तु हो जसको प्रमाणित स्वरूप पाइँदैन।
नागपञ्चमीले आजको सन्दर्भमा मानव–प्रकृति सम्बन्ध, जैविक विविधता र सह अस्तित्वको शिक्षा दिन्छ। सर्पको पूजा गर्नु भनेको केवल धार्मिक कर्तव्य होइन, पर्यावरणीय चेतनाको अभ्यास पनि हो ।
आजको समयजहाँ जैविक विविधता संकटमा छ, त्यहाँ यस्ता परम्परागत पर्वहरूले हामीलाई प्रकृति र जीव–जन्तुप्रति जिम्मेवार बनाउँछन् विद्यालय, मन्दिर, गुठीहरूमा नागपञ्चमीको महत्व, पूजाविधि, पारिस्थितिक भूमिका र मिथकीय पक्षकाबारेमा जानकारी मूलक कार्यक्रम गरिनु पर्छ। यसले भावी पुस्तालाई संस्कृति र प्रकृतिदुवैको संरक्षणमा प्रेरित गर्छ।
नागपञ्चमीकेवल सर्प पूजा गर्ने दिन मात्र होइन, यो पर्वले हाम्रो जीवन, संस्कृति, पर्यावरण र आध्यात्मिक चेतनासँग गहिरो सम्बन्ध राख्दछ। नागपञ्चमीले हामीलाई प्रकृति प्रतिको सम्मान, जीव–जन्तुको संरक्षण र पारिस्थितिक सन्तुलन प्रति सजग बनाउँछ। नागपञ्चमीले सन्देश दिन्छ कि सर्प केवल डरलाग्दो प्राणी होइन, एक पूज्य, शक्तिशाली र सन्तुलन र क्षीजीव हो।
नागमणिको रहस्य, कालसर्प योगको ज्योतिषीय प्रभाव, अष्टनागको पूजापद्धति र सर्पको जैविक महत्वयी सबै पक्षहरूको समन्वयमा नागपञ्चमीलाई बहु आयामिक पर्वका रूपमा बुझ्न सकिन्छ। त्यसैले यस्तो पर्वको अध्ययन, प्रचार–प्रसार र संरक्षण अत्यन्तै आवश्यक छ।
सबिता नयाँज
प्रकाशित समय : ०८:५५ बजे



















