global ime bank Long Banner Ad

गृहपृष्ठ ललितपुर महानगरले ल्यायो ‘फायर फाइटिङ’ क्रेन सञ्चालनमा

ललितपुर महानगरले ल्यायो ‘फायर फाइटिङ’ क्रेन सञ्चालनमा

ललितपुर महानगरले ल्यायो ‘फायर फाइटिङ’ क्रेन सञ्चालनमा

लितपुर । ललितपुर महानगरपालिकाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन (डीआरआर) क्षमतालाई थप सुदृढ बनाउन अत्याधुनिक ‘फायर फाइटिङ’ क्रेन सञ्चालनमा ल्याएको छ । बुधबार महानगर प्रमुख चिरिबाबु महर्जनले ६२ लाख ६५ हजार रुपैयाँको लागतमा खरिद गरिएको उक्त क्रेनले अग्नि नियन्त्रण तथा उद्धार कार्यलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।

उनले भने, ‘यसको टेन्डर हामीले ६२ लाख ६५ हजार रुपैयाँमा पारेका हौँ। यो भनेको एकदमै रिजनेबल मूल्य हो। यो कसरी चलाउने भन्ने विषयमा यसको ठेकेदारले हाम्रा तीन जना ड्राइभरसाहेबहरूलाई यस विषयमा सिकाउनुहुन्छ । उक्त क्रेनले अग्नि नियन्त्रण तथा उद्धार कार्यलाई अझ प्रभावकारी बनाउने छ ।’

महानगरले आफ्नो सेवा ललितपुरमा मात्र सीमित नराखी काठमाडौं उपत्यकाका अन्य क्षेत्र तथा छिमेकी जिल्लामा समेत विस्तार गर्दै आएको जनाएको छ ।

प्रकाशित समय : १८:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु