global ime bank Long Banner Ad

गृहपृष्ठ मुस्ताङमा पाँच पत्रकार सम्मानित

मुस्ताङमा पाँच पत्रकार सम्मानित

मुस्ताङमा पाँच पत्रकार सम्मानित

मुस्ताङ । पर्यटन प्रर्वद्धनमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै यहाँका स्थानीय चार जना पत्रकारलाई जनही रु १५ हजार नगदसहित मुस्ताङमा सम्मान गरिएको छ ।

घरपझोङ गाउँपालिकाको अठारौँ गाउँसभामा मुस्ताङ जिल्ला संवाददाता सुन्दरकुमार थकाली र सुशीलबाबु थकाली, यसैगरी हिमालपारीको आवाज साप्ताहिक पत्रिकाका संवाददाता भीमबहादुर रसाइली, मुस्ताङ साप्ताहिक एवं नेपाल पत्रकार महासङ्घ मुस्ताङ शाखाका अध्यक्ष सुनदेवी रसाइली र मोडिफिकेशन जोमसोमका पत्रकार नीरज थकालीको कदर गरिएको हो ।

सम्मानित पत्रकारलाई जिल्ला समन्वय समिति (जिसस) मुस्ताङका प्रमुख माया गुरुङ, गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन, उपाध्यक्ष जमुना थकाली र प्रमुख प्रशासक अधिकृत भीमकुमार बस्नेतले संयुक्त रुपमा दोसल्ला ओढाएर सत्कार गरेका थिय ।

प्रकाशित समय : १८:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु