global ime bank Long Banner Ad

गृहपृष्ठ पूर्वाञ्चल विश्वविद्यालयसभाः एक अर्ब ७० करोड बजेट स्वीकृत

पूर्वाञ्चल विश्वविद्यालयसभाः एक अर्ब ७० करोड बजेट स्वीकृत

पूर्वाञ्चल विश्वविद्यालयसभाः एक अर्ब ७० करोड बजेट स्वीकृत

पूर्वाञ्चल विश्वविद्यालयको आज सम्पन्न ४१औँ सभाले आगामी आर्थिक वर्षका लागि एक अर्ब ७० करोड १४ लाख ३० हजार बराबरको बजेट स्वीकृत गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा भएको सभामा रजिष्ट्रार प्राडा कल्याणी मिश्रद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/८३ का प्रस्तावित आय–व्यय विवरण स्वीकृत भएको हो ।

सभाले उपकुलपति प्राडा बिजुुकमार थपलियाद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पनि पारित गरेको छ । सो विश्वविद्यालयले शिक्षण अस्पतालको स्तरोन्नतिसहित ‘एमबिबिएस’ कार्यक्रम सञ्चालनलाई प्राथमिकतामा राखेको छ ।

प्रधानमन्त्री एवं कुलपति ओलीको तत्परतामा नयाँ आर्थिक वर्ष प्रारम्भ हुनुपूर्व नै सबै विश्वविद्यालयका सभा आयोजना भई बजेट स्वीकृतिको क्रम जारी छ ।

प्रकाशित समय : १५:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु